शुक्रबार, असोज ४, २०८१

राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै कोलकाताले चौथो जित निकाल्याे

नेपालखोज २०७९ वैशाख २० गते ७:४३

काठमाडाैं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)  टी-२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेको छ ।

राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)  टी-२० क्रिकेट प्रतियोगितामा चौथो जित निकालेकाे हाे । सोमबार राति राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकाताले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो । राजस्थानका जितसँगै कोलकाता १० खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ । राजस्थान १० खेलमा १२ अंक जोडेर तेस्रो स्थान छ ।

प्रतिक्रिया