बुधबार, जेठ २, २०८१

निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादीले वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गर्‍यो

नेपालखोज २०७९ वैशाख २० गते ११:४७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव कमरेड नेपालद्वारा सोमबार जारी विज्ञप्ति र पर्चामा चुनाव बहिष्कारको घोषणा गर्दै चुनावको दिन र अघिल्लो दिन नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरिएको छ ।

तत्कालीन नेकपा माओवादीबाट टुक्रिएर गएको समूहले चुनाव बहिष्कार र नेपाल बन्दको घोषणा गरेको हो । विज्ञप्तिमा भनिएको छ जनसत्ता र जनमुक्ति सेना निर्माण गरि सशस्त्र जनविद्रोह मार्फत् वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा अग्रसर बनौं भन्ने नाराका साथ वैशाख २९ र ३० गते नेपाल बन्द सफल पारौ ।’

निर्वाचनको दिन वैशाख ३० गते सरकारले नै सवारी साधन सञ्चालनमा रोक लगाउने छ ।

प्रतिक्रिया