शीर्ष स्थानको गुजरातको दोस्रो हार

नेपालखोज २०७९ वैशाख २१ गते ६:३९

काठमाडाैं । इन्डियन प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पञ्जाबसँग पराजित भएको छ । मुम्बईमा गएराति भएको खेलमा गुजरात पन्जाब किङ्ससँग ८ विकेटले पराजित भयो ।

पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले अविजित ६५ रन बनाए । रिद्दिमान शाहले २१ रन जोड्दा डेभिड मिलर र राहुल टेवाटियाले समान ११-११ रन जोडेका थिए ।

जवाफमा पन्जाबले १६ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पन्जाबका लागि शिखर धवनले अविजित रहदै ६२ रनको पारी खेले ।यस्तै भानुका राजपाक्षेले ४० रन बनाए ।

लियाम लिभिङस्टोनले अविजित ३० रन बनाए । बलिङतर्फ गुजरातका मोहमद शामी र लक्की फर्गुसनले १-१ विकेट लिए ।जितसँगै पन्जाब १० खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । गुजरातको जारी प्रतियोगितामा दोस्रो हार हो ।

प्रतिक्रिया