त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु भेटिएन, उडानको तयारी
नेपालखोज
२०७९ वैशाख २१ गते ११:४१

काठमाडौं । शंकास्पद वस्तु राखिएको हल्लापछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने तयारी भएको छ ।
नेपाली सेनाले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरु गर्ने तयारी थालिएको हाे ।
आज बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।
सम्बन्धित

प्रतिक्रिया