काभ्रेमा दुर्घटना : एक बालकसहित पाँच जनाको मृत्यु

नेपालखोज २०७९ वैशाख २१ गते १४:५५

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका खण्डमा सवारी दुर्घटना हुँदा १ बालकसहित ५ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट भारततर्फ जाँदै गरेको यात्रुवाहक (तीर्थयात्री बोकेको) बस र सिन्धुलीबाट काठमाडौंंतर्फ आइरहेको टाटासुमो एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए।

दुर्घटनामा प्रहरीको उद्धार टोली खटाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया