मानव अधिकार उल्लंघनकर्ता नै आइजीपी बनाएको आरोप

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले सरकारले मानव अधिकार उल्लंघनकर्ताको आरोपीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको आरोप लगाएका छन् ।
बुधवाबार आयोगको कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा बोल्दै आयोगका सदस्य ठाकुरले नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई मानव अधिकार उल्लंघनकर्ताको आरोप रहेको बताएका हुन्।
उनले मानव अधिकार उल्लंघनकर्तालाई प्रहरी महानिरीक्षक नियुक्त गरेर सरकारले राज्यसत्ताको दुरुपयोग गरेको बताए । महानिरीक्षक सिंहको सम्बन्धमा आयोगले अनुसन्धान गरिरहेको पनि उनले उल्लेख गरे ।
उनले भने, ‘अहिले आइजिपिको नियुक्ती जुन सरकारले गरेको छ । त्यो नियुक्ति भनेको राज्यशक्ति, अहिले राज्यको तहमा बस्ने प्रधानमन्त्री, गृहमन्त्री वा सरकारले आइजिपी माथि जुन आरोप लागेको छ । मानव अधिकार उल्लंघनकर्ताको रुपमा उनीमाथि आरोप लागेको छ । कुनै बेला कुवेरसिंह राणामाथि आरोप लागेको थियो । त्यसबेला आयोगका तत्कालिन अध्यक्ष केदारनाथ उपाध्यायको नेतृत्वको आयोगले सरकारलाई सतर्क गराएको थियो । जागरुक गराएको थियो । सिफारिस पनि गरेको थियो । यहाँहरु सबैले त्यसमा अरु थप अनुसन्धान गर्न म आव्हान पनि गर्छु ।’
उनले महानिरीक्षक सिंहको सम्बन्धमा थप अनुसन्धान गर्न पनि सरोकारवाला सबैलाई आह्वान गरे ।

प्रतिक्रिया