आइतबार, वैशाख २३, २०८१

लुम्बिनी विकास बैंकको एकैसाथ दुई शाखा उद्घाटन

नेपालखोज २०७९ वैशाख २१ गते २०:५७

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले बुधबारदेखि थप दुई शाखाको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखामा ८०औँ शाखाका रूपमा काठमाडौं १३ स्थित कलंकी शाखा र ८१औँ शाखाका रूपमा नुवाकोटको बट्टार शाखा छन् ।

कलंकी शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गरेका हुन् भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले संयुक्त रूपमा गरेका हुन् ।

उक्त दुई शाखासहित बैंकले देशको सातै प्रदेशमा ८१ शाखामार्फत कारोबार गर्दै आएको छ । निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको वाणीसमेत गरी थप पाँच शाखा खोल्ने तयारी गरेको छ ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रूपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया