आइतबार, वैशाख २३, २०८१

क्रिएटिभ क्रिएसन्सको भ्वाइस सेवा, यस्ता छन् सुविधा !

नेपालखोज २०७९ वैशाख २२ गते १२:०५

काठमाडौं । सञ्चार जगतमा नयाँ नयाँ आविष्कार र प्रविधिहरू आइरहेको छ । विगतमा एक ठाउँबाट अर्को ठाउँमा सूचना तथा सन्देश पठाउन परेवाको प्रयोगदेखि चिठीपत्रको प्रयोग भइरहेको थियो ।

अहिले मानिसहरू व्यस्त हुँदै जाँदा धेरै व्यक्तिमाझ सूचना तथा सन्देश एक‌ैपटक कम समयमा पुर्‍याउनुपर्ने अवस्था छ । यसका लागि केही विकल्पहरू क्रिएटिभ क्रियसन्सले ल्याएको छ भने अझ विकसित प्रविधिहरूको विकास समेत गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ ।

भ्वाइस सेवा एउटा ब्रोडकास्ट प्लेटफर्म हो, जहाँ कम्पनी तथा विभिन्न संस्थाले समाचार, सूचना, सार्वजनिक सेवा घोषणा वा अन्य सम्बन्धित भ्वाइस सन्देश एकैपटकमा ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न सक्छन् ।

विगत लामो समयदेखि बल्क एसएमएस (एकैपटक धेरै नम्बरमा म्यासेज, रिजल्ट प्रकाशन, भोटिङ) को सेवा उपलब्ध गराउँदै आएको क्रिएटिभ क्रिएसन्स एन्ड मिडियाले चुनावको मुखैमा भ्वाइस म्यासेज सेवा सार्वजनिक गरेको हो । कम्पनीले विज्ञप्ति जारी गर्दै सूचना प्रवाहमा थप सहज बनाउने उद्देश्यले क्रिएटिभ भ्वाइसको नाममा नयाँ सेवा उपलब्ध गराउने जनाएको छ ।

यो सेवा बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण भएको कम्पनीले जनाएको छ । संस्थाहरूले भ्वाइस सेवामार्फत सर्वेक्षणहरू पनि चलाउन सक्ने जनाइएको छ ।

क्रिएटिभ भ्वाइसले व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकैपटक फोन कलमार्फत ठूलो संख्यामा मानिसहरूलाई प्रसारण गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ । भ्वाइस सेवामार्फत आफ्नै आवाजमा समेत सन्देश पठाउन मिल्ने भएकाले साना तथा ठूला सबै व्यवसायलाई प्रभावकारी हुने कम्पनीले जनाएको छ ।

विभिन्न समूहका व्यक्ति तथा व्यवसायहरूले अब यो स्वचालित विधिबाट लक्षित समूहमा आफ्ना सन्देश वा सूचना सजिलै पुर्‍याउनसक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया