आइतबार, वैशाख २३, २०८१

एनएमबि बैंक र केयूकेएलबीच सम्झौता, बिनाझन्झट महसुल भुक्तानी गर्न सकिने

नेपालखोज २०७९ वैशाख २३ गते ९:२५

काठमाडौं । एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरी अब एनएमबि बैंकका ग्राहकले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौं उपत्यका खानेपानीको महसुल बिनाकुनै झन्झट तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले दी फिनान्सियल टाइम्स, लन्डनको द ब्यान्कर त्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दी इयर एसिया २०२१ उपाधिबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दी इयर नेपाल प्राप्त गरिसकेकको छ ।

बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया