मंगलबार, वैशाख ११, २०८१

काठमाडौंमा सिर्जनाले जित्नसक्ने ८ आधार !

हरि अधिकारी २०७९ वैशाख २३ गते १६:३३

यसपटक काठमाडौं महानगरको मेयर पदमा नेपाली कांग्रेसकी उम्मेद्‌वार सिर्जना सिंह श्रेष्ठ विजयी हुने आधारहरू :
-सिर्जनालाई नेपाली कांग्रेस पार्टीको अगुवाइमा महानगरका लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने सम्पूर्ण प्रबुद्ध मतदाताहरूले साथ दिएका छन् । विश्वासका साथ भन्न सकिन्छ आफ्नो मत पनि दिनेछन् ।

-सिर्जना सुशील, संस्कारी, विनम्र, सहयोगी भावनाले ओतप्रोत कर्तव्यपरायण महिला हुन् । महानगरका महिला मतदाताहरूले सहरको चुनावी इतिहासमै पहिलो पल्ट विजयको प्रवल सम्भावना भएकी योग्य महिला उमेदवारलाई मत दिने अवसर पाएका छन् ।

-नेपाली कांग्रेसको उमेदवारलाई चुनौती दिन सक्ने दल नेकपा एमालेले केशव स्थापितका रूपमा एकजना दम्भी, अशिष्ट, असामाजिक, स्त्रीद्वैषी र भ्रष्टाचारको मामिलामा विवादित व्यक्तिलाई उमेदवार बनाएर सिर्जनाको सहज जीतको मार्ग प्रशस्त गरिदिएको छ ।

-एमाले उमेदवारका रूपमा चुनिएका महानगरका निवर्तमान मेयर विद्यासुन्दर शाक्यको अत्यन्त असफल कार्यकालले सिर्जनालाई उत्कृष्ट विकल्प बनाएको छ ।

-केशव स्थापितले ७४ सालमा विद्यासुन्दर शाक्यले पाएजस्तो सबै गैरकांग्रेसहरूको समर्थन पाउँने छैनन् । त्यसको ठीक उल्टो सत्ताशीन गठबन्धनकी साझा उम्मेदवार कांग्रेस नेतृ सिर्जनाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र जनमोर्चाको समर्थन पाउनेछिन् ।

-महानगरको एक अत्यन्तै प्रतिष्ठित नेवार घरानाकी बुहारी भएकीले सिर्जनाले अरू नेवार उम्मेदवारले दाबी गर्ने नेवार मतको आफ्नो हिस्सामा बलियो दावी पेश गर्न सक्नेछिन् ।

-नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र कांग्रेसको नगर समितिमा रहेर काम गरिसकेकी, काठमाडौंका प्रभावशाली कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनाका सहकर्मी र साथी कार्यकर्ताहरूको एउटा ठूलै समूह महानगरमा विद्यमान छ । यसले सिर्जनालाई मेयर पदमा विवेकशील साझा पार्टीबाट उमेदवारी दिएकी सुपठित र योग्य व्यक्तित्व समीक्षा बाँस्कोटाभन्दा धेरै सजिलो अवस्थितिमा ल्याएको छ ।

-महानगरका लोकतन्त्रवादी मतदाताहरूले सिर्जनालाई दिएको एक एक मत सिर्जनाका ससुरा, महान् त्यागी नेता स्वर्गीय गणेशमान सिंहप्रति अर्पित श्रद्धाको चिनो हुनेछ ।

प्रतिक्रिया