जहाँजहाँ महिलाहरुले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भयो : प्रचण्ड

नेपालखोज २०७९ वैशाख २३ गते १८:०९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का एवम् पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहालले मेयरका उम्मेदवारद्धय रेणु दाहाल र सृजना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले रेनुलाई आफ्नी छोरीको रुपमा र सिंहलाई प्रकाशमान सिंहको श्रीमतिको रुपमा प्रचार गरेर केही मानिसहरुले उनीहरुको अवमूल्यन गर्ने काम गरिरहेको बताएका हुन् ।

सत्तारुढ गठबन्धनले आज काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले छोरी रेणुप्रति संकेत गर्दै जहाँ-जहाँ महिलाहरुले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको दाबी गरे । अध्यक्ष दाहालले महिला उम्मेदवारहरुमाथि विश्वास गर्ने र उनीहरुको योग्यतालाई सम्मान गरेर अघि बढनु मुलुककै आवश्यक्ता भएको जिकीर समेत गरे ।

उनले पुरुषहरुले राज गरेर धेरै लछारपाटो नलगाएको उल्लेख गर्दै अव महिलाहरुलाई त्यो अवसर दिनुपर्ने निष्कर्षमा आफू पुगेको पनि स्पष्ट पारे । अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दृष्टिकोणले पनि, परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र नेपाली जनतामा परिवर्तनको अनुभूति गराउन पनि महिलाहरुलाई विशेष रुपले अघि बढाउनुपर्ने तर्क गरे ।

प्रतिक्रिया