आईपीएल : गुजरातमाथि मुम्बईकाे रोमाञ्चक जित

नेपालखोज २०७९ वैशाख २४ गते ६:३५

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले तेस्रो हार व्यहाेरेकाे छ । शुक्रबार राति भएको खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ५ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गर्दा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले तेस्रो हार व्यहाेरेकाे हाे ।

मुम्बईले दिएको १७८ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो । गुजरातका लागि ऋद्धिमान साह र सुभमन गिलले अर्धशतकीय पारि खेल्दा साइ सुदर्शन १४ रन बनाएर हिट द विकेट आउट भएका थिए ।

पहिलो ६ बलमा गुजरातले ११ रन जोडेपछि अन्तिम ओभरमा ९ रनको आवश्यकता परेको थियो । क्रिजमा रहेका राहुल तेबटिया रन आउट भएपछि ३ बलमा ७ रनको आवश्यक रहे पनि त्यो पूरा गर्न असफल रह्यो । क्रिजमा डेभिड मिलर १९ रनमा नटआउट रहेका थिए । 

पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७७ रन बनाएको थियो। मुम्बईका लागि इशान किसनले ४५ रन बनाउँदा टिम डेभिडले ४४ रनको नटआउट पारि खेले ।

यसैगरी कप्तान रोहित शर्माले ४३ रन बनाउँद्या तिलक बर्मा २१ रनमा रनआउट भए । गुजरातका राशिद खानले २ विकेट लिँदा अल्जारी जोसेफ, लोकी फर्गुसन र प्रदीप स्वानवानले एक एक विकेट लिए।

प्रतिक्रिया