क्युवाको होटेलमा विस्फोट, १८ जनाको मृत्यु
क्युवाको पाँचतारे होटेलमा भएको विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार पुरानो हवानाको सारातोगा होटेलमा शुक्रबार विस्फोट भएको थियो ।
विस्फोटको कारण भने ग्यास चुहावट भएको बताइएको छ । होटेल ऐतिहासिक महत्वको पाँच तले भवनमा थियो जुन महामारीको समयमा बन्द गरिएको थियो । अबको चार दिनमा खोल्ने तयारी थियो ।
दुर्घटनाका कारण भवन पुरै भत्किएको र हेर्दा भग्नावशेषजस्तै देखिको जनाइएको छ । होटेलको अधिकांश बाहिरी पर्खालमा क्षति पुगेको छ । भग्नावशेषमा फसेका मानिसहरुको उद्दारका लागि राहत तथा उद्धार कार्य जारी रहेको छ । दुर्घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन्, जसलाई उपचारका लागि नजिकैका अस्पतालमा भर्ना गरिएको छ ।
क्युवाली राष्ट्रपतिले मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको बताए । होटेलबाट एक ब्लक टाढा बस्दै आएकी एक महिलाले विष्फोट भयानक भएकोले भूकम्प गएको अनुभूति भएको बताइन् । विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । बीबीसी
प्रतिक्रिया