नेतालाई भ्याइनभ्याइ : चुनावी सभालाई सम्बोधन गर्न आइतबार देउवा र प्रचण्ड दाङ जाँदै

नेपालखोज २०७९ वैशाख २४ गते १४:०७

दाङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै नेताहरुलाई चुनावी सभामा सम्बोधन गर्न भ्याइनभ्याइ भएको छ । पालिका तह चुनावलाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आइतबार दाङ जान लागेका हुन् ।

सभालाई संयुक्त रुपमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसहित केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गर्ने तयारी गरिएको छ । घोराही र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले घोराहीमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय गरिएका छ । जिल्ला समन्वय समितिको दक्षिण तर्फको शहीदमञ्चमा बृहत कार्यक्रम आयोजना गरीएको छ ।

प्रतिक्रिया