गरुड पुराण !
हिन्दु धर्ममा ग्रन्थको विशेष महत्व छ । गरुण पुराण १८ पुराणमध्ये एक हो । यसमा व्यक्तिको कर्म अनुसारको फलको बारेमा उल्लेख गरिएको छ । गरुड पुराणमा जीवनलाई सफल बनाउन र उन्नति प्राप्त गर्नका लागि धेरै मन्त्रहरूको उल्लेख गरिएको छ । यिनको अर्थ बुझेर जीवन सफल बनाउन सकिन्छ । गरुड पुराणमा यस्ता ६ कुराको उल्लेख गरिएको छ, जसको आराधनाले सबै कुरा पाउन सकिन्छ ।
यी ६ कुराको पूजाले सफलता मिल्छ
गरुड पुराणमा भनिएको छ कि जीवनमा यी ६ चिजको पूजा गर्नाले व्यक्तिको जीवनका सबै समस्याबाट मुक्ति मिल्छ र सफलताको सिँढी चढ्न जान्छ ।
भगवान् विष्णु
धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुले भक्तहरुको समस्त दु:खहरु हटाएर उनीहरुको जीवनमा सुख शान्ति प्रदान गर्नुहुन्छ । यदि कसैले भगवान्को भक्ति गरेर दिनको सुरुवात गर्छ भने उसलाई आफ्नो काममा सफलता मिल्छ । यस्तो अवस्थामा भगवान् विष्णुको पूजा नियमित गर्नुपर्छ ।
एकादशी व्रत
साथै एकादशीको व्रत गरुड पुराणमा पनि भनिएको छ । एकादशी व्रत सबै व्रतहरूमा श्रेष्ठ मानिन्छ । जो व्यक्ति पूर्ण भक्तिपूर्वक एकादशीको व्रत गर्दछ, उसको जीवनमा शुभ फल प्राप्त हुन्छ। त्यसैले जीवनमा सुख प्राप्त गर्नका लागि एकादशीको व्रत अवश्य पालन गर्नुपर्छ ।
गंगा नदी
गरुड ग्रन्थका अनुसार गंगाको जलले सबै पापबाट मुक्ति दिन्छ । त्यसैले कुनै पनि शुभ कार्यमा गंगाजलको प्रयोग गरिन्छ। गंगाजलले शुद्धि गरिन्छ । त्यसैले गंगाजलको पूजा गर्नुपर्छ ।
तुलसी
तुलसीको बोट देवी लक्ष्मीसँग सम्बन्धित छ र भगवान् विष्णुलाई तुलसीको बोट धेरै मन पर्छ। यसै कारणले भगवान श्रीहरिको आशीर्वाद प्राप्त गर्न तुलसीको बोटको पूजा गरिन्छ । तुलसीको बिरुवाको नियमित पूजा गर्नाले जीवनका सबै दुःखबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । तुलसीको मुनि नियमित दीप प्रज्वलन गर्नुपर्छ ।
विद्वान् व्यक्ति
धार्मिक शास्त्र अनुसार ज्ञानी वा पण्डितको सम्मान गर्नाले सफलता मिल्छ । शास्त्रमा ज्ञानी मानिसको अपमान गर्नु अन्याय हो भनिएको छ ।
गाई
हिन्दु धर्ममा गाईलाई सम्मानित स्थान छ । गरुड पुराणका अनुसार गाईमा सबै देवी-देवताको वास हुन्छ। गाईलाई देवता मानेर पूजा गर्नाले सबै दुःखबाट मुक्ति मिल्छ ।
प्रतिक्रिया