चुनावको दिन मुलुकभर वर्षा हुने प्रक्षेपण, जलवायुविद् भन्छन्- सतर्कता अपनाऔँ

काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर बर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापिय अवस्था आजदेखि समुन्द्री आँधिको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पुर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।
पछिल्लो विकसित प्रणालीबारे संचारकर्मीसँग कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिईएको यो आँधि निकै तिब्र गतिमा चलेको बताए । सो आँधिको असर भारतको उडिसालगायत तटिय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन बर्षा हुने पुर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए । जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन् ।

प्रतिक्रिया