शनिबार, जेठ ५, २०८१

बालेनले ५० हजार मत पाउँदा, सिंह र स्थापितले ३० हजार कटाए

नेपालखोज २०७९ जेठ १० गते १०:३६

काठमाडौं । काठमाडौं महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले ५० हजार ३० मत प्राप्त गरेका छन् । नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् ।

केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् । उनीहरुको अहिले ‘कठै’ को अवस्था बनेको छ । केशव र सिर्जनाको मत परिणाम कछुवाको गतिमा अघि बढिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७६७ मत ल्याउँदै दास्रो स्थानमा छिन् । नेकपा एमालेका स्थापितले ३० हजार १५ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया