बिहीबार, जेठ २, २०८२

नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट स्वीकृत

नेपालखोज २०७९ वैशाख २५ गते १७:१७

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौंका लागि ६० करोड रुपैयाँको बजेट आइतबार स्वीकृत गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि ९० करोडभन्दा माथिको बजेट माग गरेता पनि अर्थले ६० करोडको मात्र स्वीकृत गरेको छ । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदका लागि ४० करोड उपलब्ध गराएको थियो ।

यसपटक भने अर्थलले ६० करोडको बजेटको स्वीकृत दिएको छ । नवौं राष्ट्रिय खेलकुद यही जेठ २२ देखि २८ सम्म गण्डकीको विभिन्न जिल्लामा आयोजना हुनेछ ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल सहभागि गराइनेछ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रस्तावमा आएका ३८ खेलमा दुई खेललाई हटाएर ३६ खेल समावेश गर्ने निर्णय गरेको थियो ।

दुई खेललाई प्रदर्शनी खेलका रुपमा राखिएको छ । जसमा ठेलो र क्यानोनिङ रहेका छन् ।

प्रतिक्रिया