खेलाडी-प्रशिक्षक विवाद : छानबिन गर्न तीन सदस्यीय छानबिन समित गठन
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक र राष्ट्रिय टिमका सिनियर खेलाडीबीचको विवादको सत्य तथ्य छानविन गर्न तीन सदस्यीय छानबिन समितम गठन गर्ने भएको छ । समितिको संयोजक भिक्टर राणाले गर्ने छन् भने सदस्यमा विदुर विष्ट र दिपक थापा रहने छन् ।
समितिले सात दिनमा छानविन गरी एन्फालाई तथ्यसत्यसहित रिर्पोट बुझाउने छ । पछिल्लो समय नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक र खेलाडी विवाद बढ्दै गए पछि विवाद समाधानका लागि आज बैठक बसेको थियो ।
प्रशिक्षकको व्यवहारका कारण सिनियर खेलाडीले क्याम्प छाडेपछि विवाद सार्वजनिक भएको थियो । खेलाडीहरुले प्रशिक्षकका कारण आफूहरुले क्याम्प छाडेको बताएका थिए । यसैगरी एन्फाको संस्थापन इतर पक्षमा रहेका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, उपाध्यक्षद्वय विरवहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले वैठक माग गर्दै निवेदन दिएका थिए ।
विवादका विषयमा खेलाडी र प्रशिक्षकले पनि पत्रमार्फत एन्फालाई जानकारी गराइसकेका छन् । यसअघि एन्फाले भिक्टोर राणाको एकल छानविन समिती गठन गर्दा एन्फाकै पदाधिकारीले विरोध गरेपछि त्यसलाई अमान्य बनाइएको थियो ।
अब यो समितीले खेलाडी र प्रशिक्षकबिचको विवादको सत्यतथ्यसहित रिपोर्ट तयार पार्नुपर्नेछ । त्यसपछि सोहि रिपोर्टको आधारमा एन्फाले अन्तिम निर्णय गर्नेछ ।
प्रतिक्रिया