आइतबार, जेठ ६, २०८१

सत्यतथ्य पहिचान गर्न एन्फाद्वारा तीन सदस्यीय कमिटि गठन

नेपालखोज २०७९ वैशाख २६ गते १३:१६

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न तीन सदस्यीय कमिटि गठन गरेको छ ।

ललितपर स्थित एन्फाको मुख्यालयमा आइतबार बसेको कार्यसमिति आकस्मिक बैठकले फुटबलका मुख्य प्रशिक्षक र खेलाडीको विवादको सत्यतथ्य पहिचान गर्न आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तनि सदस्य कमिटी गठन गरेको हो । कमिटीमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन् । कमिटीलाई एन्फाले एक सातामा विवादको सत्यतथ्य सहित छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्ने निर्देशन दिएको छ ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय खेलाडीले मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गत १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन् । प्रशिक्षक अलमुताइरीले पनि क्याम छाडेका खेलाडीको स्थानमा नयाँ खेलाडीलाई स्थान दिँदै प्रशिक्षण गराई रहेका छन् ।

प्रतिक्रिया