सोमबार, असार १६, २०८२

थपिए १३ संक्रमित, १७ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख २७ गते १६:०७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप १२ जना र १ हजार २५८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ जना गरी कुलव १३ जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा जम्मा २८५ जना रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १७ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६६ हजार ८२३ जना रहेको छ । कोरोना संक्रमण निको हुनेदर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप ८० हजार १४२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया