मंगलबार, वैशाख ११, २०८१

‘समयमै उपचार गरे मनोरोग अवश्य निको हुन्छ’

नेपालखोज २०७८ चैत २३ गते ११:३०

मानसिक रोग अर्थात् डिप्रेसन । सामान्य बोलीचालीको भाषामा भन्नु पर्दा मनको रोगलाई मानसिक रोग हो भन्न सकिन्छ । मानसिक रोग पछिल्लो समय नेपालमा मात्रै होइन सिंगो विश्वमै बढिरहेको पाइन्छ । विभिन्न अन्तर्राष्ट्रिय सर्वेक्षणहरूले पनि विश्वमा पछिल्लो समय मनसिक रोग बढ्दो क्रममा रहेको उल्लेख गरेका छन् । मानसिक रोग जुनसुकै उमेर समूहका मानिसलाई पनि हुन सक्छ ।
बढ्दो सहरीकरण, उच्च प्रविधिको प्रयोग, अतिव्यस्त जीवनशैली आदि–इत्यादिका कारण पछिल्लो समय मनोरोगीहरू अत्यधिक बढिरहेका छन् । मानसिक रोग लागेपछि व्यक्तिको व्यवहारमा परिवर्तन आउन थाल्छ । व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहार आदि कुरामा परिवर्तन आउन थाल्दछ । व्यक्तिको यही परिवर्तन शैलीलाई हामीले बुझ्न सक्दैनौं र कहिलेकाँही मनसिक रोगले जटिल समस्या सिर्जना गर्न गर्छ । नेपालखोजमा नारीको आजको अंकमा हामीले पछिल्लो समय भइरहेका हत्या, हिंसा र बलात्कारजस्ता जघन्य आपराधिक गतिविधिहरूले समाजमा परिरहेको मनोवैज्ञानिक असर, मानसिक रोगको पछिल्लो अवस्थालगायत विविध विषयमा केन्द्रित रहेर मनोविद् डा. करुणा कुँवरसँग कुराकानी गर्दै छौं ।
‘नेपालखोजमा नारी’ कार्यक्रममा हामीले महिलाहरूले गरेका संघर्ष, सफलता तथा समाजमा पुर्याएको योगदानका विषयमा चर्चा–परिचर्चा गर्ने गर्छौं । कार्यक्रम नेपालखोज आइनलाइन टीभीनेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ । महिलाको क्षेत्रमा भएका काम तथा अधिकारका सम्बन्धमा समाजलाई चेतना दिने उद्देश्यले हामीले ‘नेपालखोजमा नारी’ कार्यक्रमको सुरुवात गरेका हौं । ‘नेपालखोजमा नारी’ को आजको अंकमा मानसिक रोग के हो ? यसको उपचार पद्धतिमा जान आवश्यक छ कि छैन ? र मानसिक रोगीहरूलाई कसरी सहयोग गर्न सकिन्छलगायत विषयमा मनोविद् डा. करुणा कुँवरसँग मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ मनोविद् कुँवरसँग गरिएको कुराकानी :

हाइलाइट्स :
-सामान्य अवस्थामा अन्य समयमा पनि डिप्रेसनको समस्या त थियो तर कोभिड संक्रमणपछिको दुई वर्षको अवधिमा यो समस्या नेपालमा मात्रै होइन विश्वमै बढेको पाइन्छ ।
-मनोरोग जुनसुकै उमेर समूहका मानिसमा पनि हुन सक्छ । तर पछिल्लो समय युवाहरुमा पनि यो समस्या बढिरहेको छ ।
-डिप्रेसनलाई सामान्य रुपमा लिँदा कहिलेकाहीँ जटिल अवस्था पनि सिर्जना हुन सक्छ । कहिलेकाहीँ मानिसको ज्यान जानेसम्म जोखिम हुन सक्छ ।
-पहिलेको तुलनामा अहिले मानसिक स्वास्थ्यका विषयमा खुलेर बोल्नुपर्दो रहेछ भन्ने सोच मानिसमा आउन थालेको छ । तर यसलाई पर्याप्त भने मान्न सकिन्न ।
-सबै मानसिक रोगलाई डिप्रेसन भन्न सकिँदैन । अहिले मानसिक समस्याबाट गुज्रिएको व्यक्तिलाई अन्य समस्या नै भए पनि त्यसलाई पनि डिप्रेसन भन्ने गरिएको छ ।
-डिप्रेसनलाई पनि कसरी हेर्ने र कसरी बुझ्ने भन्ने कुराको बुझाइ नहुँदा यसले क्षति धेरै भएको पाइन्छ । त्यसकारण पनि समयमै यसबारे बुझ्न आवश्यक छ ।
-मनोरोगको बारेमा समयमै थाहा भयो र समयमै यसको उपचार गरियो भने अवश्य निको हुन्छ ।
-पछिल्लो समय बढ्दै गएका हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक घटनाहरुले समाजमा निकै नै डर, त्रास सिर्जना गरेको पाइन्छ । महिलाको सन्दर्भमा यो समस्या अझ बढी छ ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

देशभरका महिलालाई तालिम दिने रेखाको सपना

‘भारतीय फेसन ट्रेन्ड रुचाउँछन् नेपाली’

‘सानोमम्मीले टेम्पो चलाएको देख्दा मलाई पनि रहर जाग्यो’

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

प्रतिक्रिया