प्रचण्डलाई आयोगको २४ घण्टे स्पष्टीकरण

नेपालखोज २०७९ वैशाख २७ गते २२:००

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । वैशाख २३ गते भरतपुरमा आयोजित चुनावी सभामा मतदाता नै तरंगित हुने गरि दिएको अभिव्यक्तिलाई लिएर आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

आज नेपाली कांग्रेस (वीपी)ले दाहालविरुद्ध मतदातालाई धम्क्याएको भन्दै उजुरी दिएपछि आयोगले यस्तो स्पष्टिकरण सोधेको हो।

‘कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छरहुँदैन? यसको उत्तरसमेत २४ घण्टाभित्र दिन अनुरोध गरिएको छ,’ आयोगले दाहाललाई सोधेको पत्रमा लेखिएको छ, ‘यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनमा जान्छ भन्नुको अन्तरनिहित मनसाय के हो? यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ, छैन?’

प्रतिक्रिया