मतदानका लागि घर फर्किनेको संख्या बढेसँगै काठमाडौंबाट बाहिरिने नाकामा भिड

नेपालखोज २०७९ वैशाख २८ गते ९:३१

काठमाडाैं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भिड लागेको छ । काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भिड लागेको हो ।

काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भिड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ ।

प्रतिक्रिया