अमेरिकी एक डलरको १२३ रुपैयाँ ४४ पैसा तिर्नुपर्ने, अरुको भाउ कति ?
नेपालखोज
२०७९ वैशाख २८ गते ११:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको बिक्री मूल्य १२४ रुपैयाँ ४ पैसा रुपैयाँ तोकेको छ । यस्तै, खरिद मूल्य भने १२३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन १ युरोको बिक्री मूल्य १३० रुपैयाँ ७३ पैसा छ भने खरिद मूल्य १३० रुपैयाँ ९ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।
बेलायती पाउन्ड स्टर्लिङ १ को बिक्री मूल्य १५२ रुपैयाँ ८१ पैसा छ भने खरिद मूल्य १५२ रुपैयाँ ७ पैसा रहेको छ ।
कोरियन वन एक सयको बिक्री मूल्य ९ रुपैयाँ ७३ पैसा र खरिद मूल्य ९ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै कतारी १ रियालको बिक्री मूल्य ३३ रुपैयाँ ९३ पैसा र खरिद मूल्य ३३ रुपैयाँ ७८ पैसा रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया