आइतबार, जेठ ६, २०८१

नेपाली महिला क्रिकेट टीमले पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय सिरिज खेल्ने

नेपालखोज २०७९ वैशाख २८ गते १३:४३

काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक घरेलु मैदानमा महिलाको टी २० अन्तराष्ट्रिय सिरिज गर्ने भएको छ । क्यानले युगान्डाको महिला टिमलाई घरेलु मैदानमा बोलाएर मे १६ बाट पाँच खेलको महिला टी २० सिरिज गर्ने भएको हो । 

यसअघि क्यानले त्रिकोणात्मक सिरिज गर्ने तयारी गरेपनि अन्तिममा युगान्डा मात्र नेपाल आउन राजी भएका कारण दुर्ई देशबीच पाँच खेलको सिरिज हुने भएको हो । 

क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले युगान्डाको महिला टिमसँग १६ मे मा पहिलो खेल खेल्नेछ भने दोस्रो खेल मे १७ मा हुनेछ । 

प्रतिक्रिया