सेयर बजारको उकालो यात्रा कायम, परिसूचक ५६.०६ अंकले बढेर २३६९.०६ पुग्यो

काठमाडौं। लगातार चौथो दिन आज पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव शून्य ६ अंकले बढेर दुई हजार तीन सय ६९ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।
चुनावको चहलपहलसँगै बढ्न सुरु गरेको सेयर बजारले साताको चौथो कारोबार दिन आजको कारोबार पछि परिसूचक ५६ दशमलव शून्य ६ अंकमा उक्लिएर २३६९ दशमलव शून्य ६ को विन्दूमा कायम भएको हो ।
आज दुई सय २९ वटा कम्पनीका ५३ लाख ३३ हजार कित्ता सेयर दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली जलविद्युत् आयोजनाको १० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज जलविद्युतमा देखिएको विशेष आकर्षणले यस उपसमूह अन्तर्गतका ६ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। उपसमूह आफै पनि पाँच प्रतिशत उक्लियो। विकास बैंक, लघुवित्त र लगानी उपसमूहमा समावेश कम्पनीहरुको माग पनि अत्याधिक छ।
हकप्रदको आकर्षणले कारोबारको शीर्षस्थान पनि जलविद्युत कम्पनीहरुले ओगटेका छन्। हाइड्रोको मात्र १० करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ । हाइड्रोको मूल्य पनि प्रति कित्ता साढे ७ प्रतिशत बढेको छ।

प्रतिक्रिया