सोमबार, असार १६, २०८२

२१ जनामा कोरोना, १६ जना डिस्चार्ज

नेपालखोज २०७९ वैशाख २८ गते १६:२४

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७१८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप १८ जना र ७१८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जना गरी कुलव २१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत चौबीस घण्टा थप १६ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।

त्यस्तै , नेपालमा हाल १८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट थप ११ हजार ५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया