सोमबार, वैशाख १७, २०८१

आफैं गर्नुस् मधुमेहको जाँच

डा. हेमराज कोइराला २०७८ फागुन २७ गते १९:१९

मधुमेहको दीर्घकालीन समस्या झेलिरहेकाहरुले मधुमेहमाथि निगरानी गरिरहनुपर्ने हुन्छ । मधुमेहको औषधि सेवन गरिरहेका, इन्सुलिन लिइरहेका र मधुमेहको कारणले स्वास्थ्यमा जटिलता उत्पन्न भइसकेकाहरुले नियमित रुपमा आफ्नो ब्लड सुगरको लेबल थाह पाउनुपर्ने हुन्छ । अझै मधुमेह विशेषज्ञ चिकित्सकहरु त मधुमेह रोगीले हरेक ठोस भोजन (बिहानको खाजा, दिउँसोको खाना र रातिको खाना) पश्चात् आफ्नो ब्लड सुगर थाह पाउनुपर्ने र सुगरको स्तरअनुसार नै खानपान गर्ने र इन्सुलिन लिनुपर्ने पद्धतिमाथि जोड गर्नुहुन्छ । यसरी दिनमा तीनपल्ट थाहा पाउनुपर्ने मधुमेहको स्तर जाच्न हरेक पल्ट प्रयोगशाला जान सम्भव हुँदैन र प्रयोगशालाको कष्टकारक ब्लड ड्रोइङ र उच्च मूल पनि बिरामीका लागि प्रयोगात्मक हुन सक्दैन । यस्तो परिस्थिति आजकल डाक्टरहरु विरामीलाई घरमै ब्लड सुगरको जाँच गर्न सल्लाह दिने गर्छन् । अरु कसैको सहायताबिना पनि जाच्न सकिने भएकाले यो पद्धतिलाई Self Monitoring of Blood Glucose (SMBG) भनिन्छ ।आफ्नो ब्लड सुगर स्तर माथि निगरानी राख्न ग्लूकोमीटर भन्ने सुगर चेक गर्ने यन्त्रको आवश्यकता पर्दछ । ग्लूकोमीटर गोजीमा बोकेर हिड्न सकिने यन्त्र हो । यसले केशिका (धमनी) मा भएको ब्लड ग्लुकोज मापन गर्दछ । फलतः शिरबाट गरिएको टेष्ट भन्दा १०/१५% बढी रिडिङ्ग दिन्छ । ग्लकोमीटरले ब्लड ग्लुकोज जाच्न रगतको सानो थोपा कफि हुन्छ । आफैले ब्लड ग्लुकोजको मोनिटरिङ्ग गर्ने गर्दा औषधिको प्रभाव, खानेकुराको ब्लड ग्लूकोजमा असर, हाइपोग्लाईसेमिया, कोमा जस्ता मेडिकल इमरजेन्सीका आकलन गर्न सकिने हुँदा सबै मधुमेहका रोगीले Self Monitoring of Blood Glucose (मधुमेहको आफै नीगरानी) गर्नु कला सिक्नुपर्ने हुन्छ ।

कसरी जाँच्ने ?
१) मधुमेहको आफैं जाँच गर्नका लागि ग्लुकोमिटर भन्ने यन्त्रको आवश्यक हुन्छ । यो यन्त्रको तीनवटा पार्टपुर्जा हुन्छन् । (१) ग्लुकोज नाप्ने डिजिटल यन्त्र (२) टेस्ट स्ट्रिप र (३) रगत निकाल्ने ल्यानसेट ।
२) ब्लड सुगरको आफैं जाँच गर्न सर्वप्रथम तातो पानीले हात धोएर हातलाई सफा तौलीले पुछी सुक्खा गर्नुपर्ने हुन्छ ।
३) अव बट्टाबाट ल्यान्सेट निकालेर पङचरिङ पेनमा फीट गर्नुहोस् कति गहिरो प्रिक गर्नुपर्ने हो सोही अनुसार टुप्पामा भएको ढक्कन हटाएर टीप एक्सपोज गर्नुहोस् । पेनमा अंक सेट गर्नुहोस् ।
४) अब ग्लूकोमीटरलाई अन गरी त्यसमा टेष्ट स्ट्रीप फिट गर्नुहोस । मिटरले रगत मागेको संकेत गर्दछ ।
५) अब कुनै एक औंलाको टुप्पालाई रेक्टीफाइड स्प्रीटले राम्ररी सफा गर्नुहोस् ।
६) पंङचरीङ्ग पेनमा भएको ल्यान्सेटलाई सफा गरिएको औलामा टासेर पेनको बटम दवाईदिनुहोस् ।
७) औलालाई विस्तारै निचोरेर रगतको सानो थोपा निकाल्नुहोस् ।
८) रगतको थोपालाई अब टेष्ट स्ट्रिपको टुप्पामा छुवाईदिनुहोस् रगत विस्तारै टेष्ट स्ट्रीपमा जान्छ र केही सेकेण्ड मै तपाईको ब्लड सुगरको लेबल देखाइदिन्छ ।
९) रिडिङ आइसकेपछि ल्यान्सेट र स्ट्रिपलाई सुरक्षित ठाँउमा विसर्जन गर्नुहोस् ।
१०) औलाबाट खुन ज्यादा हुन नदिन सफा कटनले औला थिचिरहनु होस् ।

फाइदा :
१) कुन खोनकुराले कति ब्लड ग्लुकोज बढाउछ भन्ने थाहा पाउन मद्दत गर्दछ ।
२) कुने औषधीले कति काम गर्दा रहेक कुन स्तरसम्म सुगर कन्ट्रोल गर्दो रहेछ भन्ने थाह पाउन मद्दत गर्दछ ।
३) हाइपोग्लाइसेमीया कोमा ब्लड ग्लुकोज कम भएर हुने बेहोसी ठम्याउन मद्दत गर्दछ ।
४) ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

ब्लड सुगरको जाँचः मधुमेहका रोगीले कतिखेर गर्नुपर्छ…?
१) लामो यात्रामा जानुपूर्व ।
२) कडा शरिरिक परिश्रम गर्नु पूर्व र पश्चात
३) पावर-टूलहरु चलाउँदा
४) इन्सुलिनको मात्र मिलाउनु पूर्व र मिलाईसके पश्चात ।
५) खानामा गडवढी हुन गएमा ।
६) तनावको स्थितिमा ।

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया