बिहीबार, जेठ २, २०८२

आईपीएलमा दिल्लीसँग राजस्थान ८ विकेटले पराजित

नेपालखोज २०७९ वैशाख २९ गते ६:४२

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ८ विकेटको जित दर्ता गरेको छ ।

दिल्लीको जारी प्रतियोगितामा छैटौं जित हो भने राजस्थान पाचौं हार व्यहोर्न बाध्य भयाे । राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६० रन बनाएको थियो । राजस्थानका रविचन्द्र आश्विनले ५० रनको अर्धशतकीय पारी खेले । देवदूत पाडिकले ४८ रन जोडे ।

प्रतिक्रिया