शुक्रबार, वैशाख ७, २०८१

बढ्याे सुनचाँदीकै भाउ, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७९ वैशाख २९ गते १०:४४

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९७ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया