मोदीको लुम्बिनी भ्रमणको तालिका सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । आगामी जेठ २ गते बुद्ध जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने र मोदी सोही दिन लुम्विनीबाटै स्वदेश फर्किने छन् ।
लुम्बिनीमा मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । यस्तै, भारतीय प्रधानमन्त्री मोदीले बिहारमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने छन् ।
त्यस्तै, परराष्ट्र मन्त्री डा. नारायण खड्काले लुम्बिनीमै मोदीसँग शिष्टाचार भेट गर्ने छन् । प्रधानमन्त्री देउवाले मोदीको सम्मानमा दिवाभोजको पनि आयोजना गरेका छन् ।
भारतीय विदेश मन्त्रालयले पनि प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । मोदीको सुरक्षा प्रबन्धका लागि भारतीय सुरक्षाकर्मीको टोली हिजो नै लुम्बिनी आइसकेको छ ।

प्रतिक्रिया