शुक्रबार, वैशाख १४, २०८१

असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुँदै

नेपालखोज २०७९ वैशाख २९ गते १७:४७

काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ ।

असार ४ र ५ गते द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा प्रसिद्ध अन्तरास्ट्रिय कम्पनि ‘ह्वावे’ कार्यक्रमको शीर्ष प्रायोजक र नेपालको सफ्टवेयर क्षेत्रको अग्रणी कम्पनी ‘इन्फोडेभलपर्स’ इन एसोसिएसनको रुपमा रहेका छन् । कन्क्लेभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ६० बढि वत्ता र ७ सयबढी विशिष्ट व्यक्ति तथा विज्ञहरुको सहभागिता रहनेछ ।

कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइनेछ भने विद्यार्थीका डिजिटल नेपाल सम्बन्धी क्रिएशनलाई पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समावेश गरिनेछ । सरकारी तथा निजी क्षेत्रका महत्वपुर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भैरहेका प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।

डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रुपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश सम्वाद कार्यक्रमसमेत आयोजना गरिरहेको छ । कोभिड-१९ को कारण भएको पहिलो लकडाउनदेखि सुरु भएको ‘डिजिटल संवाद’, यस वर्ष तेस्रो संस्करणको रुपमा सातै प्रदेशमा ‘डिजिटल प्रदेश कार्यक्रम’को रुपमा आयोजना भएको हो । गण्डकी, लुम्बिनी, मधेस र प्रदेश १ मा आयोजना भइसकेको यस कार्यक्रम जेष्ठ पहिलोसाता बाँकी ३ प्रदेशमा आयोजना हुनेछ ।

यस कार्यक्रमबाट प्राप्त रिपोर्ट तथा प्रदेशको डिजिटल अवस्था र योजनाको बारेमा पनि कन्क्लेभमा छलफल हुनेछ । यस कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समर्थन र नेपाल दुरसञ्चार प्राधिकरण लगायतका महत्वपुर्ण संस्थाहरुको सहयोग तथा सहकार्य रहेकोछ ।

कार्यक्रमको शीर्ष प्रायोजक ह्वावे विश्वका १७० भन्दा बढी देशहरु दुरसञ्चार तथा नविनतम प्रविधिहरुको इन्नोभेसन, विकास तथा विस्तार गरिरहेको नेतृत्वदायी कम्पनी हो, जसले विश्वभरी तीन अर्बभन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ । ह्वावे नेपालमा २१ वर्षदेखि नेपालको आइसिटी उद्योगमा सेवा गर्दै आएको छ ।

त्यसैगरी इन एसोसिएसनको रुपमा रहेको इन्फोडेभलपर्सले दुई दशकदेखि बैंकिङ तथा वित्तीय क्षेत्रलगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर सफ्टवेयर विकास गरिरहेको छ । कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन् ।

प्रतिक्रिया