जेठ २ गतेसम्म देशभरका अदालत बन्द
नेपालखोज
२०७९ वैशाख २९ गते २०:१५

काठमाडौं । स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत जेठ २ गतेसम्म बन्द रहने भएको छ। सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन्।
भोलि स्थानीय तह निर्वाचन र यसपछि सार्वजनिक बिदा परेकाले चार दिन अदालत बन्द रहने सूचनामा उल्लेख छ। न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम जेठ २ गते सोमबारका दिन बन्दीप्रत्यक्षीकरणको सुनुवाइ गर्ने प्रयोजनार्थ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सर्वोच्च अदालत खुला रहने सूचनामा जनाइएको छ।
सम्बन्धित

प्रतिक्रिया