लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौं : उपाध्यक्ष पौडेल

नेपालखोज २०७९ वैशाख ३० गते १५:१९

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छानौं भनेका छन् । उनले आज देशैभरि स्थानीय सरकार निर्माणका लागि भइरहेको मतदान लोकतान्त्रिक अभ्यासको सुन्दर उदाहरण भएको पनि बताए ।

आज बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारसँग छोटो कुराकानी गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो विवेकको प्रयोग गरी नागरिकले घरआँगनका सरकार छान्न नागरिकलाई आग्रह गरेका हुन् ।

उनले निर्वाचनको माध्यमबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्ने जन चाहना पूरा भएको भन्दै यस निर्वाचन र यसपछिको नेतृत्वले जनता र जनप्रतिनिधीबीचको सम्बन्धलाई जिवन्त बनाउने विश्वास व्यक्त गरे ।-रासस

प्रतिक्रिया