बिहीबार, वैशाख ६, २०८१

मौनता

ऋषवदेव घिमिरे २०७९ वैशाख ३१ गते १०:५९

नबोलेर पनि जितिन्छ संसार !
मौनताका थुप्रै अर्थ हुन्छन्
लाक्षणिक
आलंकारिक
स्वीकृति संवेगात्मक भावहरू
अनेक अनेक

प्रिय मौनता !
मलाई तिमी मौन भएकै बेस लाग्छ
मौनताको भावले हेरेकैमा
अघाउँछु म
तिमीले दिने मौन सन्तुष्टिले नै
तृप्त हुन्छु

बोलेर पहिरो चलाउनु भन्दा
म पनि तिमी जस्तै मौन पहाड भएर
गजधुम्म बनेर बस्ने कोसिस गर्नेछु
मौनता मलाई पनि तिमी जस्तै
मौन रहने शक्ति देऊ ।

प्रतिक्रिया