कस्तो परिणाम आउला काठमाडौंमा ? मतगणना जारी

नेपालखोज २०७९ वैशाख ३१ गते १०:२०

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतपरिणाम कस्तो होला भन्ने सबैलाई चासो छ । राष्ट्रिय सभागृहमा आज (शनिबार) बिहान पौने ९ बजेदेखि मतगणना सुरु भएको छ ।

मतगणना वडा नम्बर १ र ३२ बाट एकैसाथ सुरु भएकोे हो । मेयर पदका लागि एमालेबाट केशव स्थापित, कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ र स्वतन्त्र उम्मेदवार बालेन साहलगायतले उम्मेदवारी दिएका छन् ।

काठमाडौं महानगरपालिकामा अरु पदमा भन्दा पनि मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन साह र अन्य दलका उम्मेदवारको शीघ्र मतपरिणामको पर्खाइमा महानगरबासी रहेका छन् ।

प्रतिक्रिया