थपिए २ संक्रमित, जम्मा १५० सक्रिय संक्रमित

नेपालखोज २०७९ वैशाख ३१ गते १७:१३

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार १२७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा जम्मा २ जनामा संक्रमण पुष्टि भएको हो । १२७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा संक्रमण देखिएको छैन् । नेपालमा हाल जम्मा १५० सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १६ जना कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ६६ हजार ८८९ पुगेको छ । कोरोना संक्रमण मुुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया