१० रुपैयाँले बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत्
नेपालखोज
२०७९ वैशाख ३१ गते २०:२९

काठमाडौं । इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आज एक विज्ञप्ति जारी गर्दै डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको जनाएको छ। बढेको मूल्य आज मध्यरात १२ बजेदेखि लागू हुने आयल निगम सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि भइ एक सय ७० र डिजेलको मूल्य प्रतिलिटर एक सय ५३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायद्वरा जारी विज्ञप्तिमा भनिएको छ ।
अझै पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर १४ दशमलव ३६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३१ दशमलव ४४ रुपैयाँ घाटा रहेको जनाइएको छ । खरिद लागत यथावत् रहने हो भने यस मूल्य समायोजन पछि पनि निगमलाई १५ दिनमा अनुमानित ४ अर्ब २५ करोड रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया