शुक्रबार, चैत १६, २०८०

व्रत सकिएपछि के खाने के नखाने ?

नेपालखोज २०७९ जेठ १ गते ५:००

सातामा कम्तीमा एक दिन व्रत बस्नु स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । तर, व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् । दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर, फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ ।

व्रत बस्दा निराहार बस्दा रामो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खान सकिन्छ । व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खाने कुरा खान सुझाइएको छ ।

लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ । ठोस खाना मात्रै होइन, पानी पनि एक्कासी धेरै पिउनुहँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त मानिन्छ । व्रत सकिएपछि आँटाको रोटि बनाई आलुसँग खान सकिन्छ । व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा पनि आडिलो हुने बताइन्छ ।

व्रतमा बदाम भिजाएर दुधमा लगाएर पनि खान सकिन्छ । व्रत सकिएपछि केहि छिन रिलिफ भन्दै कोल्ड ड्क्सि लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदागर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक नहने बताइन्छ ।

यस अतिरिक्त मसलेदार खाना पनि खानु राम्रो नहुँने बताइएको छ । यो बेला रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ ।

तर, फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खान हुने उल्लेख गरेकाे छ ।

प्रतिक्रिया