ताजा मत परिणाम : कुन पालिकामा कसको अग्रता ?

नेपालखोज २०७९ जेठ १ गते २१:३७

काठमाडौं । यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको देशभरबाट मत परिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म ३७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

जसमा नेकपा एमालेले १५ पालिकामा विजय हासिल गरेको छ भने, नेपाली कांग्रेसले ११ वटाको प्रमुखमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले नौ र नेकपा एकीकृत समाजवादीले दुई वटा पालिकाको प्रमुखमा विजयी भएको छ।

उपप्रमुखमा एमालेका १२, कांग्रेसका १९, माओवादीका चार, एकीकृत समाजवादीका एक र स्वतन्त्र एकले जित हासिल गरेका छन् ।

प्रतिक्रिया