मेयरमा एकीकृत समाजवादी र उपमेयरमा एमाले अगाडि
नेपालखोज
२०७९ जेठ २ गते १०:५०

काठमाडौं । काठमाडौं महानगरपालिकामा सुरुवातदेखि नै एकीकृत समाजवादी पार्टीले अग्रता बनाउँदै आएको छ । एकीकृत समाजवादीका धनराज आचार्य ४,०४१ मतका साथ अग्रस्थानमा छन् ।
एमालेका कृष्णबहादुर थापा ३६५७ मतका साथ दोस्रो स्थानमा छन् । यस्तै राप्रपाका शकर खरालले ५ सय मत ल्याएका छन् । स्वतन्त्र खडकराज पौडेलले २३० मत ल्याएका छन् । वीवेकशील साझा पार्टीकी सुशीला केसी अधिकारीले ८ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा मन्जुदेवी गुरुङ ४,१९१ मत ल्याइ पहिलो स्थानमा छन् । कांग्रेसकी कोपिला रानाभाट ४,१११ मत ल्याइ दोस्रो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी रन्जनाकुमारी सेन पौडेलले ७६६ मत प्राप्त गरेकी छन्।
सम्बन्धित
प्रतिक्रिया