आहा ! कति सह्रानियपूर्ण कार्य
नेपाल खोज डेस्क,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट यतिबेला विश्व नै आतंकित छ । विश्वका धेरै देशमा कोरोना संक्रमणले सन्त्रासमय वातावरण बनाएको बेला सुरुका दिनहरुमा नेपालमा भने सामान्य अवस्था देखिएको थियो । जुनबेला नागरिकले पनि पूर्णरुपमा संयमता अपनाए थिए ।
तर पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणले भयाभह स्थिति सृजना भएको छ भने हाल समुदाय स्तरमै कोरोना संक्रमण फैलिसकेको छ । कोरोना संक्रमणबाट कुनै समुदाय अछुतो रहन सकेको छैन् । यहाँ प्रन्ट लाइनमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि लिएर सञ्चारकर्मीहरुमासमेत संक्रमण देखिसकेको छ ।
तर यो विश्वव्यापी महामारीको समयमा पनि आफ्नो स्वास्थ्यको ख्यालै नगरि अग्रपंक्तिमा रहेर उपचार कर्ममा खटिने स्वास्थ्यकर्मिहरु नै यतिबेला समाजबाट अवहेलना सहन बाध्य भएका छन् । तिनै समाजका मानिसको ज्यान जोगाउन आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्ति खट्ने स्वास्थ्यकर्मिहरु तिनै सामाजिक प्राणीबाट छिछि र दुरदुर सहन बाध्य छन् । सामाजमा भएका यस्ता घटनाहरु बाहिरी रहेको अवस्थामा काठमाडौं टोखा नगरपालिकाले भने निकै नै सह्रानिय कार्य गरेको छ ।
आइतबारको ६१ औं कार्यपालिकाको बैठकबाट टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५०, ल्याव कन्ट्रयाक ट्रसिङ, सरसफाइ, सुरक्षा गार्डलाई १ सय, स्वास्थ्य संस्थाका कर्मचारी र कोरोनाको कामकाजमा खटिएका सवारी चालकलाई ४० र अन्य स्वास्थ्यकर्मिहरुलाई २५ प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको नगर प्रमुख प्रकाश अधिकारी बताउँछन् ।
नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै बैठकले कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब सङ्कलनमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराइने तर एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत गरेको छ । बैठकले कोरोना संक्रमणदर बढ्न थालेपछि नगरपालिकामा रहेका आइसोलेसन वार्डको कमि हुनसक्ने कुराको आंकलन गर्दै १५÷२० रोपनीको सार्वजनिक जग्गामा तत्कालै आइसोलेसन बनाउनका लागि पहल गर्न ९ सदस्य सर्वदलिय कमिटी गठन गरेको उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । नगरपालिकाले आइसोलेसन अथवा होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमितकालाई पोसिलो खाने कुराको लागि प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ दिने निर्णय पनि भएको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए ।
त्यस्तै, नगरपालिका भित्रका अत्यावश्यकिय खाद्यान्न, तरकारी तथा फलफूल, दुग्धजन्य तथा मासुजन्य पसल बिहान ५ देखि ८ बजेसम्म खोल्न दिँदै आइएकामा आगामी दिनदेखि ५ बजेदेखि ९:१५ बजेसम्म खोल्न दिने र वडा–वडाहरुमा स्वास्थ्य स्वयमसेवकहरु परिचालन गर्नेबारे पनि निर्णय गरेको प्रवक्ता बस्यालले बताएका छन् ।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दिनप्रतिदिन वृद्धि भइरहेको छ । यो अवस्थामा पिसीआर परिक्षणको दायरालाई फराकिलो बनाउँदै उपत्यका भरिका वडा–वडामा रहेका बढी हिड्डुल र आवतजावत गर्ने व्यक्तिको परिक्षण गर्ने उद्देश्यले कार्य भइरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन् । उनले भने, उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेको छ । अब उपत्यकामा परिक्षणको दायरा फराकिलो बनाउनु पर्छ भन्ने सोच बनाएर हामी अगाडी बढिरहेका छौं ।
उपत्यकाभरिका वडाव डाहरुमा गएर २५\३० हजार परिक्षण गराउन पर्छ भनेर हामीले त्यसको मापदण्ड तयार गरेर जिल्ला बाहिरबाट आएका फ्रन्टलाइनमा काम गरिरहेका जस्तैः तरकारी पसले, औषधी पसले, विभिन्न खुद्रा पसल भयो, स्वास्थ्यकर्मि भयो, कर्मचारी, सरसफाइमा काम गर्ने दाजुभाइ दिदी बहिनीहरु भयो जो बढी हिड्डुल गर्छ आवतजावत गर्छ त्यस्ता व्यक्तिहरुको परिक्षण गर्ने भनेर हामीले कार्यपालिकाको बैठकबाट निर्णय गरिसकेका छौं ।’
कोरोना भाइरसले भयाभह स्थिति सृजना भइरहेको यो विषम परिस्थितिमा अग्रभागमा रहेर नागरिकको सेवामा खटिएका कर्मचारीहरु समाजबाट अवहेलनाको शिकार भइरहेको बेला टोखा नगरपालिकाले गरेको यो कार्य निकै नै सह्रानियपूर्ण छ । उक्त नगरपालिकाले गरेको कार्य जस्तै अन्य क्षेत्रका आम नागरिक र स्थायिन सरकारले पनि अग्रपंक्तीमा रहेर कार्य गर्ने कर्मचारीहरुको मनोबल बढाउन उनिहरुको प्रशंसा, सम्मान तथा प्रोत्साहन गर्न आवश्यक छ । यसो गर्न सके अवश्य पनि अग्रभागमा रहेर कार्यगर्ने कर्मचारीको मनोबल बढ्न गई उनिहरु आफू पनि सुरक्षित रहेर आम नागरिकलाई पनि सुरक्षा दिन समर्थ हुनेछन् ।
प्रतिक्रिया