बिहीबार, वैशाख १३, २०८१

दार्चुलाको शैल्यशिखरमा गाडी दुर्घटना, तीनजनाको मृत्यु

नेपालखोज २०७९ जेठ २ गते १२:०९

दार्चुला । शैल्यशिखर नगरपालिका ६, ग्वानीमा गाडी (हायस) दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म.१ज २७७ नम्बरको गाडी ग्वानीस्थित वडा कार्यालयनजिकै रोलाखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक २३ वर्षीय प्रकाशसिंह धामी तथा २२ वर्षीय नवीनसिंह धामी र १९ वर्षीय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक तीनैजना ग्वानीका बासिन्दा हुन् । -रासस

प्रतिक्रिया