बिहीबार, वैशाख २५, २०८२

काठमाडौंमा बालेनले मतान्तर बढाउँदै, स्थापितभन्दा ३,३४३ मतले अगाडि

नेपालखोज २०७९ जेठ २ गते १४:३३

काठमाडौं । महानगरपालिकाका स्वतन्त्र उम्मेद्वार बालेन शाहले ७०८९ मत प्राप्त गरेका छन् । एमालेका केशव स्थापित सुरुवातदेखि नै अग्रता बनाउँदै आएका बालेनलाई पछ्याउँदै छन् । स्थापितले ३,७४६ प्राप्त गेका छन् । स्थापित भन्दा बालेन ३ हजार १ सय ३० मतले अगाडि छन् ।

मेयरमा कांग्रेसकी सिर्जना सिंहले ३,३०० मत प्राप्त गरेकी छन् । उपमेयरमा सुनीता डंगोलले ६,३४६ मत प्राप्त गरेकी छन् । एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १,६९० र राप्रपाका मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र सुमन सायमीले २८१ र वीवेकशीलकी समीक्षा बास्कोटाले २३ मत प्राप्त गरेकी छन् । यस्तै उपमेयरमा राप्रपाकी विनीता मगैयाले १३४५ र कीर्ति कंसाकरले ३५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया