मंगलबार, वैशाख ११, २०८१

ई–सेवाको चामत्कारिक फड्को, एन्ड्रोइड मोबाइलमा ५२ लाख डाउनलोड, ग्राहक ६० लाख

नेपालखोज २०७९ जेठ ३ गते १७:१८

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई–सेवाको मोबाइल एप्स एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एन्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ ।

नेपालमा ई–सेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवा दिने कम्पनीका रुपमा काम गरिरहेको छ । स्थापना भएको १३ वर्षमा ई–सेवाको मोबाइल एप्स एन्ड्रोइड मोबाइलमा ५२ लाख र आइओस् मोबाइलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । ई–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

एन्ड्रोइडमा ५० लाख बढी ग्राहक संख्या पुगेको अवसरमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘बढ्दो मोबाइल प्रयोगकर्ताको संख्या र इन्टरनेटको पहुँचका कारणले एप्सहरूमा आकर्षण बढ्दो छ । ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै ई–सेवाले आफ्ना सेवाहरू मोबाईल एप्समा अझै परिस्कृत रुपमा प्रस्तुत गर्दै आगामी दिनमा थप सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छौं ।’

५० लाख मोबाइल एप्स डाउनलोड भएको अवसरमा ई–सेवाले बुधबारका लागि ‘५० लाखको कमाल, क्यासब्याक बबाल’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ई–सेवा प्रयोगकर्ताले बुधबार हरेक घण्टा ५ प्रतिशतको क्यासब्याक अफर प्राप्त गर्नेछन् भने बेलुकी ५ः५५ देखि ५ः५६ सम्म हरेक ग्राहकले हरेक मोबाइल टपअपमा रू ५५ क्यासब्याक प्राप्त गर्नेछन् ।

यस अफरअन्तर्गत हरेक घण्टा विभिन्न सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । अफरअन्तर्गत बिहान ७ बजेदेखि ८ बजेसम्म मनकामना टिकट खरिद, ८ बजेदेखि ९ बजेसम्म कुनै पनि कम्पनीको मोबाइलमा टपअप, ९ देखि १० बजेसम्म डाटा प्याक खरिद, १० देखि ११ बजेसम्म विभिन्न आईएसपीको इन्टरनेट शुल्क भुक्तानी, ११ देखि १२ बजेसम्म ई–लनिङको शुल्क भुक्तानीमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यसैगरी १२ देखि दिउँसो १ बजेसम्म एयरलाइन्स टिकट, १ देखि २ बजेसम्म ई–कमर्समा सपिङ तथा बिल भुक्तानी, २ देखि ३ बजेसम्म इन्स्योरेन्सको प्रिमियम भुक्तानी, ३ देखि ४ बजेसम्म विद्युत् महसुल भुक्तानी तथा ४ देखि ५ बजेसम्म टेलिभिजन रिचार्ज तथा टपअपमा ५ प्रतिशत क्यासब्याक पाइनेछ ।

यसैगरी बेलुकी ५ः५५ देखि ५ः५६ सम्मको एक मिनेटमा कुनै पनि ग्राहकले मोबाइल टपअप सेवामा ५५ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिनेछ । क्यासब्याकबारे थप विवरण ब्लग डट ई–सेवा डटकम डट एनपीमार्फत हेर्न सकिनेछ ।

ई–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टप अप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया