बिहीबार, वैशाख २५, २०८२

१५१ पालिकामा कांग्रेस विजयी, एमाले र माओवादी पछ्याउँदै

नेपालखोज २०७९ जेठ ३ गते १८:१२

काठमाडौं । स्थानीय निकाय निर्वाचनको पछिल्लो परिणामअनुसार सबैभन्दा बढी स्थानीय तहमा विजयी हासिल गर्नेमा नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले अहिलेसम्म १५१ पालिकाको नेतृत्वमा जित हासिल गरेको छ ।

यो समाचार तयार पार्दासम्म १५५ पालिकामा कांग्रेस अगाडि देखिएको छ । यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले मेयर र गाउँपालिकाको अध्यक्ष गरी १०१ वटा पालिका प्रमुखमा जित हासिल गरेको छ । ९२ पालिकामा भने एमाले अग्रस्थानमा छ ।

माओवादी केन्द्रले ७७ पालिका प्रमुखमा जित निकालेको छ । ४० स्थानीय तहमा अग्रस्थानमा छ । यस्तै नेकपा एकीकृत समाजवादीले ५ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । १४ पालिकामा अग्रस्थानमा छ ।

नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर जितेको छ । जसपाले ३ पालिका प्रमुख जित निकालेको छ भने ३१ पालिका प्रमुखमा अग्रता लिइरहेको छ । यस्तै लोसपा ११ स्थानको पालिका प्रमुखमा अगाडि छ ।

प्रतिक्रिया