एमाले महासचिव उम्मेद्वार जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा
नेपालखोज
२०७९ जेठ ३ गते २१:२५

काठमाडाैं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परि गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेद्वार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् । चुनावको दिन आक्रमणमा परि घाइते हुनुभएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।
सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । नेपाली कांग्रेसका नेता जोशीले एमालेसँग तालमेल गरी सूर्य चिह्न लिएर मेयरको उम्मेदवार बन्नुभएपछि उहाँ आक्रमणमा पगेका छन् ।
भेटमा महासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै यस्ता घटनाबाट निरास नभई दृढताका साथ जनताको बीचमा गएर सामना गर्न सुझाव दिए । रासस
सम्बन्धित

प्रतिक्रिया