बालेनले कटाए १४ हजार मत, केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत

नेपालखोज २०७९ जेठ ४ गते ६:३१

काठमाडौं । पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १४ हजार ४४५ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले सुरुवातदेखि नै मतान्तर बढाउँदै लगेका बालेनलाई पछ्याउँदै छन् । केशव र सिर्जना दोस्रो हुनेमै संघर्षरत छन् ।

पछिल्लो मत परिणामअनुसार स्थापितले ७,८५२ मत प्राप्त गरेका छन् । स्थापितभन्दा बालेन ६ हजार ५९३ मतले अगाडि छन् । यस्तै मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंहले पाँच हजार ६ सय ९०० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया