पहाडी क्षेत्रमा चट्याङ हावा हुरीसहित वर्षाको सम्भावना

नेपालखोज २०७९ जेठ ४ गते ६:४३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पू्र्वानुमान महाशाखाले जनाएको छ । अहिले वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश १ र मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, मधेश प्रदेश, र वाग्मती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया